म बस्ने घर
user-WYNBn
user-WYNBn
****
कस्तो कस्तो म बस्ने, घर कस्तो कस्तो,
खरैखरको धुरीछाना, देवालय जस्तो ।
गजबका झ्यालढोका, गजबका पिँढी,
घरको तलामाथि जान, बनाएको सिँढी ।।2
ङरङर्, ङुरङुर् कराउँदै, हेर बिरालो,
चढ्दैछ त्यो खुशी हुँदै, सिँढी उकालो ।
छहारी छ घर आँगनमा, रुख पिपल,
जहाँ गई बस्दा हुन्छ, अति सितल ।।2
****
झर्ना खोला बगेको छ, घर नजिकै,
यँ, आकारमा जम्ने पानी, राम्रो लाग्छ निकै ।
टहटह जूनको रातमा, टहकिने खोलो,
ठहर्याउन गाह्रो हुन्न, जूनको छाया गोलो ।।2
डकर्मीले बनाएको, घर आँगनको धारो,
ढलान गरी ढाकिएको, ट्याइ की अति सारो ।
'अरँ' जस्तै देखिने त्यो, ट्याङ्की अनि धारो,
तप्तप् पानी तप्किँदा, प्यास मेटाउन गारो ।।2
****
थलो भन्छन् बाउबाजेका, ज्यादै राम्रो ठाउँ,
दक्षिणतिर त्यो घरबाट, पर्छ ठूलो गाउँ ।
धन्य मान्नु पर्छ मलाई, सोंच्दा मनले गहिरो,
न त आउँछन् बाघभालु, न त बाढी पहिरो ।।2
प र सेता हिमाल देख्दा, मन त्यतै भाग्छ,
फर्कि फर्कि चारैतिर, हेरिरहुँ लाग्छ ।
बनपाखा हरियाली, कतै घामछाया,
भन्न मलाई गाह्रो भयो, त्यो घरको माया ।।2
****
म, दाजु, बुवा, आमा, बस्छौं त्यो घर:,
यति सानो परिवारलाई, दुःख के मा छर: ।
रम्दै स्कूल जान्छुआउँछु, मेरा दाजुसित:,
लजाउँदिनँ नाच्न अनि, गाउन मीठो गीत: ।।2
ओर पर: रङ्गीचङ्गी, वासना आउने फूल,
शङ्करदेवले हातमा लिने, धुरीको त्रिशूल ।
षट्कोण चिन्ह कोरिएको, छ एउटा भित्तो,
सम्पन्न छ घर मेरो, कहिल्यै हुन्न रित्तो ।।2
****
हल्लाएर हल्लिँदैन, हुरीबतास पानीले,
क्षति केही हुन दिन्नँ, म साहसी नानीले ।
त्रयोदशी भदौ महिना, जन्म यहीँ ठाउँ,
ज्ञनुमाया सम्झनु है, मेरो शुभनाउँ ।।2
ज्ञनुमाया सम्झनु है, मेरो शुभनाउँ ।
ज्ञनुमाया सम्झनु है, मेरो शुभनाउँ ।2
****
00:00 / 00:00